जनकपुरधाम । हिरासत कक्षबाट थुनुवा फरार भएपछि धनुषा इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका सबै प्रहरीलाई जिल्ला तानिएको छ । इन्सपेक्टर बेचन यादव सहित २५ जना प्रहरीलाई सोमबार जिल्ला प्रहरी कार्यालय धनुषामा सारिएको छ ।
Advertisement
१५ गते आइतबार राती प्रहरीको हिरासत कक्षको पर्खाल फोरेर ६ जना थुनुवा फरार भएका थिए । आइतबार राती डिउटीमा बसेका ३ जना प्रहरी निलम्वनमा परेका छन् । इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रन्द्रनगरमा अहिले प्रहरी नायव निरीक्षक (सई) मुक्तिनारायण यादवलाई जिम्मेवारीमा पठाइएको छ ।
फरार भएका थुनुवाहरु मध्ये १ जना पक्राउ परेका छन् । हातहतियार मुद्दाका अभियुक्त मिथिला नगरपालिका ६ का रोशन महतोलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ । अन्य ५ थुनुवा अझै पनि फरार छन् । प्रहरीले फरार अभियुक्तको खोजी गरिरहेको छ ।