पोखरा । आत्मदाहको प्रयास गरेका डेरावाल पुरुषलाई बचाउँदा घाइते भएकी महिलाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१३ काहूँखोलाकी ४० वर्षीया संगीता सापकोटा आत्मदाह प्रयास गरेका युवकलाई बचाउन खोज्दा घाइते भएकी थिइन् ।
उनको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबार मृत्यु भएको हो ।भेन्टिलेटरमा उपचाररत सापकोटाको सोमबार बिहान ११ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा भरतबहादुर खत्रीले जानकारी दिए । घाइते पुरुषको भने उपचार भइरहेको तिमिल्सिनाको भनाइ छ ।
सापकोटाको घरमा स्टेशनरी सञ्चालन गर्दै आएका ४३ वर्षीय कृष्णबहादुर क्षेत्रीले आइतबार बाथरूममा आत्मदाहको प्रयास गरेका थिए ।क्षेत्रीलाई बचाउने क्रममा घरबेटी स्वयं गम्भिर घाइते भएकी थिइन् । दुवै जनालाई छिमेकीले उद्धार गरी अस्पताल पु¥याएका थिए ।अस्पतालमा उपचार गराइरहेका कृष्णबहादुरको हात, खुट्टा र अनुहार जलेको छ ।उनको अवस्था हालसम्म सामान्य रहेको चिकित्सकले बताएका छन् ।