काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकाको राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्डबीच आज बिहान भेटवार्ता भएको छ ।
Advertisement
प्रधानमन्त्रीको सरकारी निवासमा भएको भेटवार्तामा दुई देशको सम्बन्ध, आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्रीको ट्वीट ह्याण्डलबाट साझा जानकारीअनुसार भेटमा द्विपक्षीय सहयोग र आपसी हितका अन्य विषयमा छलफल भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनेपछि अमेरिकी उप–विदेशमन्त्री नुल्यान्डको पहिलो ‘उच्चस्तरीय विदेशी नेताको भ्रमण’ हो ।