काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक भर्खरै सुरु भएको छ । स्थायी समिति बैठक रोकेर पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बसेको हो ।पार्टीको संगठनिक योजना र कार्यविभाजन सम्बन्धी योजना समेत ल्याउने बताएको छ ।
Advertisement
गत बिहीबार र शुक्रवार दुई दिन बसेको स्थायी कमिटी बैठकमा पेश भएका एजेण्डा, राष्ट्रपति निर्वाचन, गृह मन्त्रालय लगायतको विषयमा छलफल गर्न बैठक बोलाएको हो ।
पुस १० गतेको सहमति अनुसार एमालेको भागमा परेको राष्ट्रपतिमा माओवादीले राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको छ । त्यो निर्णयले एमाले चिढिएको छ । भने, रवि लामिछाने पदमुक्त भएपछि गृह मन्त्रालय आफैँले राख्ने पक्षमा प्रधानमन्त्री प्रचण्ड छन् । तर, एमाले अध्यक्ष ओलीले लामिछानेलाई नै गृहमा फर्काउनुपर्ने पक्षमा उभिएका छन् ।