रुपन्देही । नेकपा एकीकृत समाजवादीका सचिवालय सदस्य घनश्याम भुसालले वाम धुव्रीकरणको आवश्यकता रहेको बताएका छन् । बुटवलमा आयोजित कार्यक्रममा भुषालले समाजवादीलाई २१औँ शताब्दीको पार्टी बनाउने दाबी गरका छन् ।
उनले विचार, सिद्धान्त र मुद्दाका आधारमा जनतालाई गोलबद्ध गर्दै कम्युनिष्ट पार्टी निर्माणमा जुट्ने बताए । भुषालले कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम र एमाले नेता भीमबहादुर रावललाई समाजवादीमा ल्याउन वार्ता भइरहेको जानकारी गराएका छन् ।
उनले एजेण्डाका कारण गौतम र रावल अन्त जाने ठाउँ नरहेको जीकिर गरेका थिए । उनले नेकपा एकीकृत समाजवादी पार्टीले तत्कालीन एमालेको नवौँ महाधिवेशनले पारित गरेको नीति, विचार र सिद्धान्तलाई अंगिकार गरेकाले आफू पनि समाहित भएको बताए । माघ २१ र २२ गते हुने केन्द्रीय कमिटीको बैठकले महत्वपूर्ण निर्णय गर्ने बताए ।