काठमाडौं । सन् २०२४ मा हुने कोपा अमेरिका फुटबल प्रतियोगिता यसपाली अमेरिकाले गर्ने भएको छ । दक्षिण अमेरिकी फुटबल महासंघ (कोन्मोबेल)ले उत्तर अमेरिकी देश अमेरिकालाई आयोजना गर्ने जिम्मेवारी दिएको हो । कोपा अमेरिका दक्षिण अमेरिकी १० देशको प्रतियोगिता हो ।
Advertisement
प्रतियोगितामा १६ टोलीको सहभागिता रहने छ । २०२४ देखि उत्तर र मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रका ६ टोलीसमेत थपिने छन् । कोपा अमेरिका १ सय वर्ष पुगेको उपलक्ष्यमा अमेरिकामा १६ टोलीको प्रतियोगिता गरिएको थियो । प्रतियोगितामा सहभागि हुन उत्तर र मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रका टोलीले भने छनोट चरण पार गर्नुपर्ने छ । त्यहाँबाट छनोट भएका ६ र दक्षिण अमेरिकाका १० टोली सहभागि हुनेछन् । २०२१ मा ब्राजिलमा भएको कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितेको थियो।