जनकपुरधाम । अवैध हतियार पेस्तोलसहित धनुषाबाट २ जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय धनुषाले शनिबार जनकपुरमा पत्रकार सम्मेलन पक्राउ परेका व्यक्ति सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा २६ वर्षीय रोशन महतो र ३६ वर्षीय शंकर महतो छन् ।
Advertisement
मिथिला नगरपालिकास्थित नक्टाझिझ विश्वकर्मा चोकबाट पक्राउ गरेको हो । माउजर पेस्तोल १ थान, सो पेस्तोलमा लोड गरिएको म्याग्जिन १ थान र म्याग्जिनमा लोड गरिएको २ थान गोली बरामद गरिएको छ । सो पेस्तोल भारतीय सिमानाका जटहीबाट खरिद गरी ल्याएको खुल्न आएको छ । घटनाबारे थप अनुसन्धान हुदैछ ।