काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले संविधान बुद्धिमानीपूर्वक कार्यान्वयन गर्न राजनीतिक दलहरू सचेत हुनुपर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले दलहरूले आफ्नो बुद्धि, विवेक र क्षमता प्रदर्शन गरेर कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए ।
Advertisement
मुलुकमा देखा परेका समस्यालाई समाधान गर्न राजनीतिक दलहरू र नेतृत्व समक्ष रहेको उल्लेख गरे । उनले पछिल्लो राजनीतिक परिस्थितिबाट कोही पनि आत्तिनुपर्ने अवस्था नरहेको टिप्पणी गरे । रवि लामिछानेको मुद्दामा अदालतले गरेको फैसलाले सरकारमा समस्या नआउने संकेत गरे ।