रुपन्देही । कलाकार एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन् । भैरहवामा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले गौतमलाई पार्टीमा प्रवेश गराएकी हुन् । एलिजा पत्रकार ऋषि धमलाकी पत्नी हुन् ।
Advertisement
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीभित्र के जिम्मेवारी दिने भन्ने टुंगो नलागेको बताइन् । यस्तै लुम्बिनीबाट राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा उम्मेदवार बनेका बर्दियाका राजेन्द्रवीर राय पनि पार्टी प्रवेश गरेका छन् । उनी बैंकर तथा व्यवसायी हुन् । सत्ता साझेदार दल भएपनि माघ २५ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा गठबन्धन बाहिर गएर छुट्टै उम्मेदवारी दिएको छ । रेशम चौधरी रिहाइका लागि पार्टीले दबाब दिदै आइरहेको छ ।