काठमाडौँ । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले राष्ट्रपतिको निर्वाचन बेलैमा गर्नुपर्ने बताएका छन् । उनले कुनै पनि हालतमा निर्वाचन सार्न नहुनेमा जोड दिए ।
नेपाल प्रेस युनियन प्रदेश १ को विराटनगरमा प्रथम अधिवेशन उद्घाटन गर्दै नेता कोइरालाले फागुन २८ गते अगाडि नै राष्ट्रपतिको निर्वाचन गर्नुपर्ने माग गरे ।
Advertisement
उनले फागुन २८ पछाडी निर्वाचन गर्ने चलखेल भए निरन्तर खबरदारी गरे । डा कोइरालले कांग्रेसको तर्फबाट राष्ट्रपति पदमा उम्मेदवारी दिने बताए । कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले मुलुकमा प्रेस स्वतन्त्रताको लागि निरन्तर लड्ने प्रतिवद्धता व्यक्त गरे । उनले पत्रकारहरुको हकहितको पक्षमा निरन्तर पहल गर्ने बताए ।