काठमाडौं । नागरिकता विवादमा सांसद पद गुमाएका रवि लामिछानेलाई गृह मन्त्रालयले पूर्वमन्त्रीको लिष्टबाट पनि हटाएको छ । माघ १३ गते शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता पुनः प्राप्ती गर्न आदेश दिएपछि लामिछानेको सा.स्द पदसँगै उपप्रधान तथा गृहमन्त्रीको पद समेत गुमेको थियो ।
Advertisement
गृह मन्त्रालयले उनको नाम गृह मन्त्रालयलको वेभसाइटबाटै हटाएको छ । उनको नाम पूर्वमन्त्रीको सूचीमा समेत देखिएको छैन । २०४७ साल यता गृहमन्त्री भएका २० जनाको नाम राखिएपनि लामिछानेको नाम भने अटेको छैन ।
राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना गरेर पार्टी सभापति बनेका लामिछाने चितवन–२ बाट निर्वाचित भएका थिए । पुस ११ गते उपप्रधान एवं गृहमन्त्रीको रुपमा शपथ लिएका थिए । गृहमन्त्रालयमा उनी ३२ दिनमात्रै काम गर्न पाए । उनी पार्टीको सभापति पदबाट समेत बाहिरिएका छन् ।