काठमाडौं । नागरिकता विवादमा चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका रवि लामिछानेको सांसद पद खारेज भएको छ ।
Advertisement
सर्वोच्च अदालतले उनको पद नरहने फैसला सुनाएको हो । सांसद पद खारेज भएसँगै त्यहाँ उपनिर्वाचन हुनेछ । प्रतिनिधिसभा निर्वाचन ऐनमा कार्यकाल सकिनु छ महिनाअघि निर्वाचन हुनुपर्ने व्यवस्था छ ।
“दफा ६ मा जुनसुकै कुरा लेखिएको भए तापनि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत निर्वाचित कुनै सदस्यको पद प्रतिनिधि सभाको अवधि छ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पद उपनिर्वाचनद्वारा पूर्ति गरिनेछ,” प्रतिनिधिसभा निर्वाचन ऐनमा भनिएको छ । रिक्त पदको निर्वाचनको घोषणा निर्वाचन आयोगले गर्नेछ ।