जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गरेका छन् । विनाविभागीय मन्त्रीका रूपमा करिब दुई साता पहिले नियुक्त भएका मन्त्रीहरुले पदभार ग्रहण गरेका हुन् । भौतिक पूर्वाधार विकास मन्त्रीका रुपमा एमालेका सरोजकुमार यादव र भूमि व्यवस्था कउषि तथा सहकारी मन्त्रीका रुपमा जनमत पार्टीका बसन्त कुश्वाहाले पदभार ग्रहण गरेका हुन् ।
Advertisement
प्रदेशमन्त्री यादवले मधेश लोकमार्गलाई प्राथमिकतामा राखेर कार्य अगाडि बढाउने बताएका छन् । मधेसभित्रका रहेक जिल्ला तथा पालिकालाई सडक सञ्जालसँग जोड्ने गरि मधेस लोकमार्गलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । यस्तै प्रदेशमन्त्री कुश्वाहाले किसानको समस्या समाधानलाई प्राथमिकता राख्ने बताए । मधेस प्रदेशमा किसान कार्ड लागूू गर्ने योजना रहेको बताए ।