काठमाडौं । लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ । उनको गएराती स्याङ्जाको पुतलीबजार नगरपालिकास्थित आफ्नै घरमा निधन भएको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका केन्द्रीय सचिव जिवन दाहालले जानकारी दिए ।
Advertisement
दुई महिनादेखि बिरामी भएर उपचार गराइरहेका उनको शरीरमा रगतको कमी भएको जनाइएको छ । रक्तअल्पताको कारण उनी दुई महिनादेखि बिरामी थिए । उपचाररत उनी केही त्यसयता घरमै आराम गरिरहेका थिए ।
पौडेलको पार्थिव शरिरलाई शुक्रबार नै पोखरास्थित रामघाटमा अन्तिम संस्कार गरिने भएको छ । उनलाई श्रद्धाञ्जली दिन काठमाडौंबाट केही कलाकार पोखरा जाँदैछन् । प्रतिष्ठानका अध्यक्ष बीजीले फेसबुकमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै आफू स्तब्ध भएको उल्लेख गरेका छन् ।पछिल्लो समय गायक पौडेल लाइभ दोहोरी गायनमा सक्रिय थिए ।