काठ्माण्डौ । नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले राष्ट्रपति पदमा दलीय भागबण्डा, लुछाचुँडी गर्न नहुने बताएका छन् । पार्टीको स्थायी कमिटिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, “दलीय भागबण्डामा, बाँडचुड गर्ने, लुछाचुडी गर्ने पद पनि होइन, साझा व्यक्तित्व खोज्नुनै संविधानको स्प्रिट हो ।”
उनले एमाले, कांग्रेस लगायतका कुनैपनि दललाई वाइपास गरेर राष्ट्रिय सहमति हुन नसक्ने बताए । “प्रधानमन्त्रीलाई विश्वासको मत दिदा सबैले समर्थन गर्नुभयो, त्यसैगरि सहमति जुटाएर राष्ट्रपतिमा अगाडी बढाउनुपर्छ”, उनले भने, “सम्भावित भोलि हुने दुर्घटनाहरुलाई नियन्त्रण गर्न, संविधानको संरक्षण गर्न, सहमति गर्न, ५ वर्ष संसदलाई सकुसल ५ वर्ष लैजान पनि सजिलो हुन्छ ।”
उनले राष्ट्रिय सहमतिकै आधारमा राष्ट्रपति छनौट गने कोर्ष सुरु भएपनि कोर्सनै चेन्ज भने भैनसकेको बताए । राष्ट्रपति पदमा सम्मानित कृति प्राप्त गरेको साझा व्यक्तित्वलाई लैजान पहल भैरहेको बताए । एमाले, कांग्रेस, माओवादी सहितका दलहरुबीचमै सहमति गरेर राष्ट्रपति बनाउनेबारे छलफल चलेको जीकिर गरे ।