काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले बलात्कारको आरोपमा निलम्बनमा परेका क्रिकेटर सन्दीप लामिछानेलाई टिममा फर्काउने बारे छलफलमा रहेको जनाएको छ । पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालको विद्यमान कानून अनुसार अगाडी बढ्ने बताएका छन् । बलात्कारको आरोपमा थुनामा रहेका सन्दीपलाई उच्च अदालत पाटनले काठमाडौं उपत्यकाबाट बाहिर जान नपाउने गरी २० लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ ।
अध्यक्ष चन्दले ‘स्पट फिक्सिङ’को मामिलामा दोषी देखिएकालाई कारवाही गर्ने बताएका छन् । कोही पदाधिकारीहरुको संलग्नता पुष्टि भए हदैसम्मको कारबाही हुने बताए । उनले सेभेन थ्री स्पोर्टसँग गरिएको सम्झौतामा त्रुटी भएको बताए । बुधबार मात्र राष्ट्रिय खेलकुद परिषद्को छानबिन समितिले क्यानको वर्तमान नेतृत्व नै परिवर्तन गर्नुपर्ने आशयसहितको प्रतिबेदन बुझाएपछि क्यानमाथि पुनः आईसिसीले प्रतिबन्धन गर्नसक्ने सम्भावनाहरु बाहिरिएका थिए ।