काठमाडौ । आगामी चैतमा हुने स्ववियु चुनावलाई लक्षित गरेर अखिल क्रान्तिकारी विद्यार्थी नेताहरुलाई कार्यविभाजन गरेको छ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको तेस्रो बैठकले विना गठबन्धन स्ववियु चुनाव लड्ने निर्णय गरिसकेको छ ।
स्ववियू चुनावका लागि सचिवहरुलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ । प्रदेश १ को इञ्चार्ज खगेन्द्र सुवेदी, मधेश प्रदेश इञ्चार्जमा अनिल भगत, विशेष प्रदेश इञ्चार्जमा पर्सुन कार्की, बागमती इन्चार्जमा कृष्ण न्यौपाने, गण्डकी इन्चार्जमा नरेन्द्र बयाडी, लुम्विनी प्रदेश इन्चार्जमा सूर्य घर्ती मगर, कर्णाली प्रदेश इन्चार्जमा त्रिसणा हमाल र सुदुरपश्चिम इन्चार्जमा भिम भट्ट तोकिएका छन् ।
विश्वविद्यालय कमाण्डहरुको इन्चार्जमा सचिवहरु उपेन्द्र शाही र संजय कालधानले जिम्मेवारी पाएका छन् । त्यस्तै केन्द्रीय छात्राविभाग प्रमुखमा सचिव पार्वती नेगी, केन्द्रीय स्वयंसेवक प्रमुखमा सचिव योगेन्द्र बुढा र सम्पर्क मञ्च ईन्चार्जमा सचिव विजय सापकोटाले जिम्मा पाएका छन् ।