काठमाडौं । नेता घनश्याम भुषाललाई एकीकृत समाजवादी पार्टीले महासचिव बनाउने भएको छ । पुस २९ मा पार्टी प्रवेश गरेको भुषाललाई महासचिवको जिम्मेवारी दिने तयारी भएको हो । पार्टीका महासचिव वेदुराम भुषाललाई उपाध्यक्ष बनाउने र उनको पदमा घनश्याम भुषाललाई जिम्मेवारी दिन छलफल भैरहेको स्रोतले जनाएको छ । माघ २१ गते बस्ने केन्द्रीय कमिटि बैठकले निर्णय गरी जिम्मेवारी दिने जनाइएको छ ।
Advertisement
मंसिर ४ को चुनावमा एमालेले टिकट नदिएपछि घनश्याम भुषाल स्वतन्त्र उम्मेदवार बनेका थिए । यस्तै नेता वामदेव गौतमलाई पनि पार्टीमा भित्राउने प्रयास एकीकृत समाजवादीले गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले गौतमसँग भेटवार्ता गरिसकेका छन् । गौतमले केही आफ्ना सैद्धान्तिक विषयका दस्तावेजहरु पनि उपलब्ध गराएका थिए । गौतमलाई बरिष्ठ उपाध्यक्षको जिम्मेवारी दिने स्रोतले जनाएको छ ।