काठमाडौँ । सत्तारूढ नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सरेको छ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने भनिए पनि दिउँसो २ बजेका लागि सारिएको हो ।
Advertisement
बैठकमा आसन्न राष्ट्रपति, उपराष्ट्रपति चुनाव, विकसित राजनीतिक घटनाक्रम र अन्य दलसँगको पार्टी एकताका विषयमा छलफल हुने जनाइएको छ । माओवादी केन्द्रले एकीकृत समाजवादी, नेसपा, जसपा लगायतका दलसँग पार्टी एकता गर्ने प्रयास गरिरहेका छन् ।