काठमाडौं,११ माघ। डाइबिटीज (मधुमेह) का विरामी प्रायः आफ्नो खानपानलाई लिएर दुविधामा परेको देखिन्छ ।त्यस्ता समस्या भएकाले शुगरको स्तर कम गर्ने किसिमका खानेकुरा खानु पर्ने हुन्छ । डाइबिटीजका विरामीका लागि मोटो अन्न भएको खाना खानु उपयुक्त मानिन्छ । त्यस्ता अन्नमा फाइबरको मात्रा धेरै हुनुको साथै यसमा ग्लाइसेमिक इन्डेक्स कम हुन्छ, जसका कारण ब्लड शुगरको स्तर कम गर्न सहयोग प्राप्त हुन्छ ।
गहुँ, जौ, फाफर जस्ता अन्न डायबिटीजका विरामीका लागि फाइदाजनक हुन्छ । त्यस्ता अन्नबाट बन्ने रोटि ब्लड शुगरको स्तरलाई बढ्न दिँदैन भन्ने कुरा विभिन्न सर्वेक्षणबाट प्रमाणित भएको छ । डाइबिटीजका रोगीका लागि कस्ता अन्न फाइदाजनक हुन्छ भन्ने बारेमा केहि जानकारी ।
जौको पिठो
जौलाई बार्ली पनि भनिन्छ र यसको पिठो स्वास्थ्यका लागि अति नै फाइदाजनक हुन्छ । डाइबिटीजका विरामीले जौबाट बनेका रोटी बिना कुनै तनाव सेवन गर्न सक्छन् । जौमा मेटाबलिज्म बढी हुन्छ । यसबाहेक जौको पिठोले कोलेस्ट्रोलको स्तर पनि नियन्त्रण गर्छ ।
कोदोको पिठो
कोदोको पिठो डाएटरी फाइबरले भरिपूर्ण हुन्छ । त्यसैले यो डाइबिटीजका विरामीका लागि राम्रो मानिन्छ । कोदोको पिठोले बनेको रोटी खानाले लामो समयसम्म भोक लाग्दैन, जसका कारण वजन बढ्ने समस्या पनि रहँदैन ।
ओट्सको पिठो
ओट्समा फाइबरको मात्रा अत्यधिक हुन्छ, जसले ब्लड शुगरलाई नियन्त्रणमा राख्छ । यस बाहेक ओट्स कम क्यालोरीको हुन्छ जसले वजन कम गर्न सहयोग पनि प्राप्त हुन्छ । १०० ग्राम ओट्सबाट शरीरले ६८ क्यालोरी र २१ ग्राम फाइशर प्राप्त हुन्छ । त्यसैले ओट्सको पिठोबाट बनेको रोटि डायबिटीजका विरामीका लागि फाइदाजनक हुन्छ ।
फापरको पिठो
डाइबिटीजका विरामीका लागि फापरको पिठो पनि एउटा राम्रो अप्शन हो । फापरमा फाइबर, कार्बोहाइट्रेड र एन्टीअक्सीडेन्ट पनि धेरै हुन्छ । यसमा ग्लाइसेमिक इन्डेक्स पनि कम हुन्छ जसको सेवनले अचानक शुगरको स्तर बढ्दैन ।