दाङ । नेपाली कांग्रेसबाट रोल्पाका माधवप्रसाद आचार्यले लुम्बिनीमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवारी दिएका छन् । बुधबार दिउँसो साढे २ बजे प्रदेश निर्वाचन कार्यालय दाङमा पुगेर आचार्यले मनोनयन दर्ता गरेका हुन । उनको प्रास्तावकमा बङ्गलाचुली गाउँपालिका उपाध्यक्ष भक्त जिसी र समर्थकमा लमही नगरपालिकाका मेयर जोखबहादुर चौधरी रहेका छ्न ।
कांग्रेसले आज बिहानमात्र आचार्यको नाम टुंगो लगाएको हो । उनी रोल्पाका पूर्व सभापति हुन् । सत्तारूढ दलबाट एमालेका कुमार दसौदीले उम्मेदवारी दिएका छन् ।
राष्ट्रिय सभा सदस्यका लागि माघ २५ गते उपनिर्वाचन हुँदैछ । नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजिनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन थालेको हो । उपनिर्वाचनका लागि माघको २५ गते घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुनेछ ।