काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्य ‘सन्तोष’ का परिवारलाई भेटेका छन् । हिजो मंगलबार संसद भवन नयाँ बानेश्वरअघि आत्मदाह गरेका आचार्यको उपचारका क्रममा आज बुधबार बिहान बर्न अस्पताल कीर्तिपुरमा निधन भएको थियो ।
Advertisement
उनले आज कीर्तिपुर अस्पताल पुगेर आचार्यकी श्रीमती नानुकालाई भेटेका थिए । भेटमा गृहमन्त्रीले घटनालाई लिएर दुःख व्यक्त गरे । उनले आफूहरु पनि यस्तै कुराहरुबाट वाक्क भएर राजनीतिमा आएको बताए ।
यसअघि बिहान मात्र सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम भएको बताएका थिए ।