काठमाडौं । संसद भवनअगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको न्याय माग्दै युवाहरू सडकमा उत्रिएका छन् । माइतीघरमा केही युवाहरूले स्वस्फुर्तरूपमा प्रदर्शन गरेका हुन् । उनीहरूले प्रेमको आत्महत्या नभएर हत्या भएको दाबी गरेका छन् ।
Advertisement
लुटतन्त्र, भ्रष्टाचारविरुद्ध एकजुट हौं भन्दै प्रदर्शनकारीले उनले उठाएका सवालहरूलाई पूरा गर्न पनि दबाब दिएका छन् । आचार्यको आत्मदाहमा राज्य जिम्मेवार भएको भन्दै युवाहरूले ‘अब अर्को श्रद्धाञ्जली मेरो लागि नहोस् !’ भन्दै सचेतसमेत गराएका छन् ।
प्रदर्शनमा सहभागी युवाले देशमै केही गर्छु भन्नु अपराध हो सरकार ?, गरिखान देउ, प्रेमप्रसादको आत्महत्या होइन हत्या हो जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए । ¥याली नयाँ बानेश्वरसम्म आएपछि कोणसभा पनि गरिएको छ ।