काठमाडौँ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वामपन्थी नेता वामदेव गौतमबीच भेटवार्ता भएको छ । भेटमा नेपालले एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्न अनुरोध गरेका छन् । गौतम माओवादी केन्द्र र एमाले एकीकरण गरेर नेकपा बन्नु पहिले एमाले पार्टीमै थिए ।
पछि नेकपा विभाजन भएपछि उनी पुनः एकता गराउने अभियानमा लागेका थिए । तर, उनी एमाले फर्केर जान चाहेनन् । गौतमले एकता अभियान चलाइरहेका छन् । गौतमले आलोकनगरमा पार्टी कार्यालय अवलोकन गरेका थिए । गौतमले आफ्ना दस्तावेज तथा पुस्तकहरु अध्यक्ष नेपाललाई हस्तान्तरण गरेका थिए ।
नेपालको प्रस्तावबारे आँफु सकारात्मक रहेको बताए । दुई नेताले दस्ताबेजहरु अध्ययन गर्ने र आगामी भेटलाई निर्णायक बनाउने समझदारी समेत भएको छ । भेटमा समाजवादीका उपाध्यक्षद्वय प्रमेश हमाल र केशवलाल श्रेष्ठ, उपमहासचिवद्वय प्रकाश ज्वाला र गंगालाल तुलाधरपनि सहभागि थिए । एमालेबाट केही दिन पहिले घनश्याम भुषाल पनि एकीकृत समाजवादी प्रवेश गरेका छन् ।