वीरगञ्ज । होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्ज पर्साले सरुवा भएका प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई विदाई तथा सम्मान गरेको छ । सरुवा भएर उमेशकुमार ढकाल गृहमन्त्रालय जादैछन् । उनी पर्सामा १६ महिना सिडिओ बनेर काम गरेका थिए ।
Advertisement
संघका अध्यक्ष हरि पन्त सहितका होटल व्यवसायीहरुले सिडिओ ढकालको कार्यकाल महत्वपूर्ण र सम्झन योग्य भएको भन्दै सम्मान गरेका हुन् । सरुवा भएका सिडिओ ढकालले होटल व्यवसायी लगायत पर्साबासीको साथ र सहयोग मिलेको बताए ।
उनले पर्सा जिल्लाको माया सदैव सम्झना आइरहने बताए । उनले होटल व्यवसायीले राती १२ बजेसम्म होटल व्यवसाय गर्न पाउने भन्दै गरेको माग केही दिनमा सुनवाई हुने क्रममा रहेको समेत जानकारी दिए ।