काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले निर्दलिय व्यवस्थावालाले अहिले घृणा फैलाएका बताएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अहिलेको व्यवस्था विरुद्धनै लाग्न थालेको टिप्पणी गरेका छन् ।
Advertisement
उनले दलहरुले जनतामा उत्साहज जगाउनुपर्ने बेला निराशा छरेको बताए । उनले राजनीतिमा मनपरितन्त्र हावी हुँदा लडेर ल्याएको व्यवस्था जोगाउन समस्या भएको बताए । “राजनीतिक पार्टीका नेताहरु अपराधिक मुद्दा लागेका मानिसहरुलाई राजनीतिमा हुल्ने दक्षिण एसियामै नयाँ कुरा होइन”, उनले भने, “सामाजिक अपराध गरेकाहरूलाई के कारणले पार्टीले काखी च्यापेको ? यसले पार्टी र प्रणालीको बदनाम हुन्छ ।”