काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले ठुला दलहरु संसदमा राजा जस्तो गरि आउने–जाने गर्न पाउने हो भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै उनले साना पार्टीलाई मात्रै नियमावली लाग्ने हो र भनि जिज्ञासा राखेका छन् ।
Advertisement
उनले संसदमा बोल्न दिइने समयमा पुर्नविचार गर्न आग्रह गरेका छन् । उनले भने, “बोल्नका लागि समय दिइन्छ । यो सिटका आधारमा बोल्न दिने कुरामा पुनर्विचार गरियोस् । समयको व्यवस्थापन उपयुक्त तरिकाले गरियोस् ।” राउतले सभामुखले सांसदहरूलाई विगतमा जस्तै दलविशेषको सांसदलाई कारबाही गर्ने÷नगर्नेजस्तो विषय नदोहो¥याउन आग्रह गरेका छन् ।