काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता विरुद्ध बोल्ने मन्त्रीलाई स्पष्टीकरण सोध्ने बताएका छन् । राष्ट्रियसभाको बैठकमा बोल्दै उनले मन्त्रीमण्डलमै रहेर संघीयता विरुद्ध बोल्ने अधिकार नैतिक र कानुनी रुपमा नहुने बताए ।
Advertisement
उनले भने, “मैले प्रत्यक्ष हेरेको वा थाहा पाएको हैन, माननीयज्यूहरूले प्रश्न उठाउनुभयो । मेरै क्याबिनेटको मन्त्रीले संघीयता खारेज गर्नुपर्छ भन्नुभएको कुरा यहाँ आएर थाहा भयो । यसमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यो स्पष्टीकरणको विषय हुन्छ ।” संघीय राज्यव्यवस्था कार्यान्वयनमा भएको ढिलाई र अरुचिले व्यवस्थामाथि प्रश्न उठेको बताए ।