काठमाडौं । उपप्रधान तथा रवि लामिछानेले गृहमन्त्रालय अत्यन्त संवेदनशिल भएर काम गरिरहेको जीकिर गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले क्रसर, फरार सांसद र आन्दोलनरत अधिकारकर्मीका सवालमा मन्त्रालयले काम गरिरहेको बताए । “नतिजा आउन समय लाग्ने भएको छ भने राज्यको संयन्त्रलाई चलाइएको छ, गिजोलिएको छ, तिनलाई ट्रयाकमा ल्याउन नसक्दा ढिलो भएको हो”, उनले भने, “त्यस्ता ठाउँलाई ठीक गरेर केही दिनभित्र निर्णयमा पुग्छौं ।”
Advertisement
उनले संसद्को बहसले नयाँ पार्टी उत्साहित नभएको बताए । उनले बहस विषयकेन्द्रित हुन जरुरी भएको बताए । उनले संसद् जनताको चासोको हुनुपर्ने र गृहकार्य गरेर बहस गर्नुपर्नेमा जोड दिए ।