काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले सांसदहरुले नीति निर्माणमा ध्यान दिनुपर्ने बताएका छन् । संसदमा एक अर्काले कटाक्ष गर्ने काम गर्न नहुनेमा जोड दिएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सदन भवनलाई कटाक्ष भूमि नभइ रचनात्मक बहसको केन्द्र बनाउन सुझाएका छन् ।
Advertisement
“चिच्याउने मात्र होइन, आँगन र भुइँमान्छेहरुको आँगन र चुलोमा लोकतन्त्र पु¥याउने हो । भुइँमान्छेको हालत कस्तो छ भन्ने कुरा विदेशीएकाहरुबाट हेर्न सकिन्छ”, उनले भने, “उनीहरुलाई नेपाल फर्काउने वातावरण बनाउनुपर्छ ।” उनले पार्टी विभाजन, सरकार ढलेका प्रसंगबारेब बहस गर्न जरुरी नभएको बताए । उनले सांसदहरुले सदनमा समेत आलोचना गर्ने गतिविधि राम्रो नहुने बताए ।