काठमाडौँ । नेकपा एमालेका सांसद रघुवीर महासेठले लक्ष्मी महतो कोइरीलाई अपराधी भनेकोमा आपत्ती जनाएका छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले कानुन अनुसार पक्राउ गर्नुपरे पक्राउ गर्न एमालेले अवरोध नगर्ने बताए ।
Advertisement
उनले अपराधी भनेर अहिल्यै घोषणा नगर्न आग्रह गरे । “लक्ष्मी महतोलाई किन अपराधी भन्ने? उनी प्रधानमन्त्री बन्न सक्छन्, लोकप्रिय नभएको महोत्तरीबाट चुनाव जितेर आउनु हुन्थ्यो”, उनले भने, “ओली, देउवा, नेपाल जेल गएका छैनन् र? अहिलेका प्रधानमन्त्रीमाथी आतंककारीको आरोप लागेको थियो ।” उनले महतो पार्टीको सम्पर्कमा नभएको बताए । महतोलाई निवर्तमान सरकारले समाजसेवी पुरस्कार दिएको भन्दै उनले अपराधीलाई किन पुरस्कार दिइयो भनी प्रश्नसमेत गरे ।