काठमाडौँ । प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र डा. बावुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी(नेसपा) बीच पार्टी एकता वार्ता हुदैछ । दुई पार्टीबीच एकता गर्न बनेको वार्ता टोेलीमा माओवादी केन्द्रका तर्फबाट संयोजक कृष्णबहादुर महरासहितका नेता छन् भने नेसपाका तर्फबाट गंगानारायण श्रेष्ठ सहितको नेता रहेका छन् ।
टोलीको बैठक मंगलबार दिउँसो २ बजे बस्ने तय भएको नेसपा वार्ता टोलीका संयोजक गंगानारायण श्रेष्ठले बताए । माओवादीका उपमहासचिव एवम् वार्ता टोलीका सदस्य गिरिराजमणि पोखरेलले पनि यस्तै सकारात्मक रुपमा छलफल अघि बढेको जानकारी दिए ।
पार्टी एकताका विषयमा सरकारात्मक वातावरण बन्दै गएकाले छिट्टै परिणाम निकालिने श्रेष्ठले बताए । यसैगरी उनले नेसपासहित अन्य दलसँग समेत संवाद अघि बढेको बताए । यसअघि शनिवार बसेको वार्तामा दुबै पार्टीको डकुमेन्ट आदानप्रदान गरिएको थियो । वार्ता टोलीले विप्लव नेतृत्वको नेकपासँग समेत एकताका विषयमा छलफल गर्ने पोखरेलले बताए ।