धनगढी । कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशुलाई जन्म दिएकी छन् । बेलौरी नगरपालिका–८ को कलकत्तामा माघ ३ गते छोरालाई जन्म दिएकी हुन् । बालिकालाई शिशुसहित परिवारको जिम्मा लगाइएको छ ।
Advertisement
बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले बालिकाले अवैध रुपमा शिशु जन्माएको थाहा पाएपछि घटना सार्वजनिक भएको बताए । बालिकाको विहे नहुदै बच्चा जन्मेपछि बुबाको खोजी भैरहेको छ । बालिकाका आमाबुवाले भारतीय नागरिक विरुद्ध किटानी जाहेरी दिएका छन् । भारतको बरेलीका दयाराम गुप्ताको शिशु भएको दाबी गर्दै जाहेरी परेको छ ।
उनी नाताले भिनाजु पर्छन् । उनले गत वैशाखमा विवाह गर्ने भन्दै भारत लगेका थिए । बेलौरीकै शिक्षक, बैंकका म्यानेजर र स्थानीय व्यापारीको नाम समेत बुबा भएको आरोप स्थानीयले लगाएका छन् ।