काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति र स्याङ्जाको गल्याङ नगरपालिकाका पूर्वमेयर र तत्कालिन कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । पदमा वहाल रहदा अनियमितता गरेको भन्दै अख्तियारले भ्रष्ट्राचार मुद्दा दायर गरेको हो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले नपाएको ओहोदा पाएँ भनी पदीय मर्यादा विपरीत काम गरेको भन्दै अख्तियारले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
गिरीले प्राध्यापक नभई प्राध्यापक हुँ भनी उक्त पदको प्रयोग गरेकाले भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए । उपकुलपति जस्तो पदमा नियुक्ति भइसकेपछि नियमित काम गर्ने क्रममा अरुले विश्वास गरोस् भनी बदनियत साथ कुनै पनि आधिकारीक निकायबाट प्राप्त नगरेको नपाएको ओहदा पाएँ भनी अरुले विश्वास गर्ने गरी प्रोफेसर पद प्रयोग गरेको देखिएको अख्तियारको भनाइ छ ।
डा। गिरीले गरेको काम भ्रष्टाचार निवारण ऐन, द्दण्छढ को दफा ज्ञछ बमोजिमको कसुर भएको भन्दै अख्तियारले उनलाई सोही दफा अनुसार काराही गर्न माग गरेको छ । उक्त दफामा दपाएको ओहोदा पाएँ भन्नेलाई एक वर्षदेखि २ वर्षसम्म कैद र ५० हजार देखि १ लाख रुपैयाँ जरिवाना हुने व्यवस्था छ ।अख्तियारले गिरी सार्वजनिक संस्थाका पदाधिकारी रहेकाले यस कसुरमा थप ३ वर्ष कैद गर्न माग गरेको छ ।
यस्तै अदुवाको बीऊ खरिद गर्दा भ्रष्टाचार भएको आरोपमा अख्तियारले स्याङ्जाको गल्याङ नगरपालिकाका पूर्वमेयर भुपराज अधिकारी र नगरपालिकाका तत्कालिन कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । महंगो मूल्यमा गुणस्तरहीन अदुवाको बीऊ खरिद गरेको आरोपमा अख्तियारले पूर्वमेयर अधिकारी, प्रमुख प्रशासकीय अधिकृत ईश्वरप्रसाद पाण्डे, तत्कालीन बाली विकास अधिकृत अरविन्दमणि त्रिपाठी, तत्कालिन लेखापाल राजेन्द्र रेग्मी, खरिदार सन्तोष कोइराला र बीऊ आपूर्तिकर्ता कम्पनीका प्रतिनिधिमाथि भ्रष्ट्राचार मुद्दा दायर गरेको हो ।
स्पेसिफिकेसनमा उल्लिखित कागजात परीक्षण नै नगरी गुणस्तरहीन अदुवाको बीऊ गानो खरिद गरेर भुक्तानी गरेकाले भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भण्डारीले जानकारी दिए । गल्याङ नगरपालिकाले काठमाडौं तीनकुनेको स्पुक ट्रेडर्स प्रालिबाट अदुवाको बीऊ खरिद गरेको थियो । जसको बजेट २ करोड १४ लाख ५० हजार रुपैयाँ थियो । ३ लाख ७९ हजार ५०१ रुपैयाँ अग्रिम करकट्टी गरेर बाँकी २ करोड १० लाख ७० हजार ४९९ रुपैयाँ स्पुक ट्रेडर्स प्रालिलाई भुक्तानी गरिएको थियो ।
स्पुकलाई भुक्तानी गरेको रकममध्ये १३ लाख रुपैयाँ तत्कालिन नगर प्रमुख भुपराज अधिकारीले अस्वभाविक रुपमा दररेट थप गरेर नोक्सान पारेको अख्तियारले बताएको छ । त्यसैले १३ लाख रुपैयाँ भ्रष्टाचार मुद्दामा पूर्वमेयर अधिकारीलाई मात्र विपक्षी बनाइएको छ ।