काठमाडौं । नेपाल वायुसेवा निगमका ३ जना पाइलटलाई कारबाही गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्देशन दिएको छ । जहाज उडानका क्रममा नियमविपरित गतिविधि गरेको भन्दै निगमलाई प्राधिकरणले यस्तो निर्देशन दिएको हो ।
Advertisement
नेपाल एयरलाइन्सको जहाज हङकङ विमानस्थलमा अवतरण गर्नेक्रममा त्यहाँको एटीसीको इन्स्ट्रक्सन नमाने बताईएको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले निगमलाई ३ जना पाइलटलाई निलम्बन गर्न निर्देशन पठाएको जानकारी दिए ।
प्राधिकरणको निर्देशनसँगै निगमले ३ जना पाइलटलाई निलम्बन गर्नुपर्छ । त्यसपछि, प्राधिकरणले ती पाइलटहरुलाई बोलाएर सोधपुछ गरेपछि निलम्बन लम्ब्याउने वा नलम्ब्याउने विषयमा निर्णय हुने निरौलाको भनाइ छ । प्राधिकरणले पाइलटहरु उद्धव घिमिरे, राजेश कुशवाह र नरबहादुर विश्वकर्मालाई कारबाहीको निर्देशन दिएको हो ।