राष्ट्रिय योजनाको उपाध्यक्षमा नियुक्त डा. मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन् । उनलाई सोमबार दिउँसो प्रधानमन्त्री एवं आयोगका अध्यक्ष पुष्षकमल दाहाल प्रचण्डले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा उपादध्यक्ष श्रेष्ठले सपथ लिएका हुन् ।
उनी माओवादीनिकट अर्थशास्त्री मानिन्छन् । बढीमा ७ जनाको योजना आयोगलाई पूर्णता दिने तयारी भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।माओवादी कोटाबाट थप एक सदस्यमा रामकुमार फुयालको नाम तय भएको छ । उनी यसअघि पनि योजना आयोगको सदस्य थिए ।
एमालेबाट पुनःनिर्माण प्राधिकरणका पूर्वसीईओ सुशील ज्ञवाली र योजना आयोगका पूर्वसदस्य कृष्णप्रसाद ओलीको नाम प्रधानमन्त्रीलाई दिइएको बताइएको छ । ज्ञवालीले भने उपाध्यक्ष नपाए सदस्य नबन्ने बताए पनि पार्टीले उनलाई योजना आयोगमा पठाउन लागेको स्रोतले जनाएको छ ।
एकजना महिला सदस्य एमाले वा सत्तागठबन्धनका अन्य दलबाट पठाइने बताइएको छ । राप्रपा र रास्वपाले समेत योजना आयोगमा प्रतिनिधित्व मागेका छन् ।