नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको छ । सोमबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको हो ।
Advertisement
आजको पदाधिकारी बैठकमा पनि पछिल्लो राष्ट्रिय राजनीतिका बारेमा छलफल र समीक्षा भएको नेताहरूले बताएका छन् ।
आइतबार मात्रै कांग्रेसको शेखर कोइराला पक्षका नेताहरूको बैठक बसेको थियो । उनीहरूले प्रधानमन्त्रीलाई विश्वासको मत दिनु गल्ती भएको बताएका थिए ।