काठमाडौँ । नेकपा माओवादी केन्द्रले केन्द्रिय समिति बैठक बोलाएको छ । यही माघ १५ गतेका लागि बैठक बोलाइएको हो । नेपाल समाजवादी पार्टीसँग एकता गर्ने विषयमा छलफल केन्द्रीत हुने जनाइएको छ ।
Advertisement
स्थायी कमिटीको बैठक ११ गते बस्नेछ । पार्टी एकता गर्न बनेका कार्यदलले तयार पारेका प्रारम्भिक प्रतिवेदनमाथि छलफल केन्द्रीत हुने जनाइएको छ । माओवादी केन्द्र र नेसपाले पार्टी एकताका लागि बनाएका कार्यदलको बैठक यही ७ गते बसेको थियो ।
पार्टीको नाम र चुनाव चिन्ह के राख्ने भन्नेबारे अझै समझदारी भैसकेको छैन । माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले पार्टी एकता प्रक्रिया छिटै निष्कर्षमा पुग्ने बताए ।