काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर गल्ती भएको बताएका छन् । आज (आइतबार) काठ्माण्डौमा संस्थापन इतर समूहको बैठकमा उनले कांग्रेस प्रतिपक्षमै बस्नुपर्नेमा जोड दिएका छन् ।
Advertisement
“प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर गल्ती गर्यौँ, तटस्थ बस्ने प्रस्ताव कार्यसम्पादन समितिमा राखेको थिएँ”, उनले भने, “बहुमतको निर्णय मान्नुप¥यो, विश्वासको मत दिन हुदैनथ्यो ।”
नेता डा चन्द्र भण्डारीले कांग्रेस अलमलमा बस्न नहुने बताए । “राष्ट्रपति पाउँछु भनेर हिड्ने कि प्रतिपक्षमै बस्ने भनेर अलमल गर्नुहुदैन”, उनले भने, “स्पष्ट दृष्टिकोण लिएर हिड्ने शक्तिहरु छैनन् भन्ने प्रश्नहरु उठ्न थालेका छन् ।” बैठकमा राष्ट्रपतिको आसन्न चुनावबारे छलफल भएको थियो । कांग्रेसनै दोधारमा रहेको भनेर प्रश्नहरु उब्जिन थालेको बताए ।