काठमाडौं । नेपाली कांग्रेसको संस्थापन ईतर समुहको बैठकमा नेताहरु छलफल गरेका छन् । वर्तमान राजतितिको समिक्षा एवं भावी रणनिति तय गर्ने गरि बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक बसिरहेको एक नेताले जानकारी दिए ।पार्टीभित्रको आन्तरिक राजनीति र राष्ट्रिय राजनीतिबारे सामूहिक धारणा बनाउन नेता शेखर कोइरालाले बैठक बोलाएका हुन् ।
पार्टी सभापति शेरबहादुर देउवाको पछिल्लो राजनीतिक भूमिकाप्रति इतर समूह असन्तुष्ट छ । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने विषयमा पनि इतर समूहका नेताहरूले असहमति जनाएका थिए ।
धनराजको प्रस्ताव– शेखरलाई भावी सभापति उम्मेदवार घोषणा गरौं
यस्तै समीक्षा बैठकमा उपसभापति गुरुङले कांग्रेस रुपान्तरण र सुधार अभियानको नेतृत्व शेखर कोइरालाले गर्नुपर्ने भन्दै एउटै व्यक्तिलाई नेता मान्नुपर्ने बताएका छन् ।सो समूहबाट गगन थापा दलको नेतामा उम्मेदवार बनेपछि समूहको नेता को भन्ने बहस चलिरहेको छ । पछिल्लो कार्य सम्पादन समिति बैठकमा गगन थापाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णयमा नोट अफ डिसेन्ट लेख्दा शेखर र धनराज भने मौन बसेका थिए ।
शेखर–गगन समूहमै विभाजन विवाद र अविश्वासको वातावरण देखिएपछि गुरुङले महत्वाकांक्षा रोक्न शेखरलाई सभापति उम्मेदवार घोषणा गर्न प्रस्ताव राखेका हुन् । चुनावको टिकट वितरणदेखिकै विषयमा समीक्षा गर्ने भएकाले सो समूहको बैठक सोमबार पनि जारी रहने नेता चन्द्र भण्डारीले बताए ।
प्रचण्डलाई विश्वासको मत दिवएर गल्ती गरेको शेखर कोइरालाको विश्लेषण
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिवएर गल्ती गरेको बताएका छन् ।संस्थापनइतर पक्षका नेताहरूसँगको जारी बैठकलाई सम्बोधन गर्दै नेता कोइरालाले विश्वासको मत दिएर पार्टीले गल्ती गरेको बताएका हुन् ।आफूले तटस्थ बसौ भनेर प्रस्ताव राखेको तर सुनुवाइ नै नगरी बहुमतले निर्णय गरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिइएको उनको भनाइ छ ।
यस्तै कांग्रेसको शेखर कोइराला पक्षको बैठकमा नेताहरुले संसदीय दलमा आफ्नो समूहको मत एकीकृत हुन नसक्नुको कारण खोजेका छन् ।यसका साथै यही माघ १५ गतेदेखि कांग्रेस केन्द्रीय समिति बैठक बस्दैछ । त्यसको तयारीका विषयमा पनि बैठक केन्द्रित भएको छ ।बैठकमा शेखर पक्षका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, सांसद र प्रदेश सभापतीहरू पनि सहभागी भएका छन् ।