राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा रानामगर उपसभामुखमा निवार्चित भएकी छन् । प्रतिनिधिसभामा शनिबार उनलाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६६ र विपक्षमा ९७ मत प¥यो । प्रतिनिधिसभाका २७५ मध्ये २६४ जना मतदानमा सहभागी भएका थिए । एक जना सांसद भने तटस्थ रहे ।
रानामगरलाई उपसभामुख बनाउनुपर्ने पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका र स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मतदान गरे ।
उपसभामुखमा नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले पनि उम्मेदवारी दिएकी थिइन् । उनलाई नेपाली कांग्रेस, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका थिए । इन्दिरा रानामगर रास्वपाकी समानुपातिक सांसद हुन् ।