काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दलहरुले सहज हुने राष्ट्रपति खोजेको बताएका छन् ।अबको लडाईं राष्ट्रपतिका लागि भएको उनले बताए । शनिबार प्रतिनिधिसभाको बैठकमा उपसभामुखको निर्वाचनका विषयमा बोल्दै उनले दललहरुले कम्फर्टेबल राष्ट्रपति खोजेको बताएका हुन् ।
‘अबको लडाईं भनेको राष्ट्रपतिमा हो, सबैलाई कम्फर्टेबल राष्ट्रपति चाहिएको छ । कम्फर्टेबल सभामुख चाहिएको छ’ उनले भने, ‘त्यसले गर्दा राष्ट्रपतिले सभामुखले दूधको दूध पाानीको पानी नियम अनुसार निर्णय गर्न सक्छ, सक्दैन, यो रोगबाट हामी मुक्त हुनुपर्छ ।’
नेपालमा दलहरु संसदीय प्रणालीको बखान गर्न नथाक्ने तर त्यसको नियम नमान्ने समस्या देखिएको अध्यक्ष केसीले बताए ।दलहरुले महिलालाई सभामुखको उम्मेदवार नबनाई उपसभामुखको उम्मेदवार बनाएकामा केसीले विरोध जनाए । उपसभामुखमा सत्तारुढ गठबन्धनको समर्थनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर र विपक्षी दलहरुको समर्थनमा कांग्रेसकी मुक्ताकुमारी यादव उम्मेदवार छन् ।