काठमाडौं । संघीय संसदको प्रतिपक्ष दल कुन हो भन्ने विषयले प्रवेश पाएको छ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल मजदुर किसान पार्टीलाई प्रमुख प्रतिपक्ष दल घोषणा गर्न माग गरेका छन् ।
Advertisement
प्रतिनिधिसभा बैठकमा उनले सभामुख समक्ष लिखित निवेदन पेश गरे । प्रधानमन्त्री प्रचण्डलाई नेमकिपा र राष्ट्रिय जनमोर्चा बाहेक सबै दलले समर्थन गर्दै विश्वासको मत दिएका थिए । प्रधानमन्त्रीलाई विश्वासको मत दिएर समर्थन गरेका दलहरु प्रतिपक्ष हुनै नसक्ने टिप्पणी भैरहेका छन् ।
सुवालले संसदमा भनेका छन्, “प्रधानमन्त्रीलाई विश्वासको मत दिने दल प्रमुख प्रतिपक्ष दल हुन सक्दैन । त्यसकारण नेमकिपालाई प्रमुख प्रतिपक्ष दल घोषणा गर्न माग गर्दै लिखित निवेदन पेस गर्दछु ।” नेमकिपाबाट उनीमात्र एक्लो सांसद छन् ।