सिस्टम मिलाएर अर्बौं भ्रष्टाचार भइरहेको, आफूलाई मन लागेको कानून राष्ट्रपतिसँग सेटिङ मिलाएर भईरहेको सांसद मेटमणि चौधरीले बताएका छन् । शनिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री भइसकेकाहरुले नै आफ्नो गलत कामलाई जनादेश अनुसार भन्दै व्याख्या भइरहेको पनि उनले बताए ।
आज हामीले लाख, करोड, अर्बका भ्रष्टाचारहरु सिस्टम मिलाएर गरिरहेका छौँ । यो कुरामा स्वयं प्रधानमन्त्रीहरुले नै देशको ढाकछोप गरिरहेको घटनाहरु धेरै छ । प्रधानमन्त्री, सम्बन्धित व्यक्तिहरु धेरै छन् । आफूलाई मन लागेको कानून मन लागेको दिनमा राष्ट्रपतिसँग सेटिङ मिलाएर गरिरहेका छौँ’ ।
उनले यस्ता व्यक्तिहरुका लागि कोचिङ कक्षाको ब्यवस्था गर्नुपर्ने माग राखे । ‘प्रतिनिधि सभामा कोचिङ क्लासको लागि बजेटको व्यवस्था छैन होला, छैन भने मैले प्राप्त गर्ने सेवासुविधाबाट काटिने गरेर उनीहरुलाई कक्षामा राखेर पढान अनुरोध गर्दछु’ सांसद चौधरीले भने ।
नेकपा एकीकृत समाजवादीका सांसद चौधरीले नेपालको संविधान च्यात्न पूर्वप्रधानमन्त्री नै ढुकेर बसेको आरोप लगाएसांसद चौधरीले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति संकेत गर्दै संविधान च्यात्न ढुकेर बसेको आरोप लगाएका हुन् ।