बुटवल । पश्चिम नवलपरासीमा भारतीय तीर्थालु सवार बस दुर्घटना हुँदा ४५ जना घाइते भएका छन् । त्रिवेणीधाम मेलामा तीर्थ गरी भारततर्फ फर्किदै गरेको युपी १६ एफटी ७४६६ नम्बरको भारतीय बस दुर्घटना भएको हो ।
Advertisement
नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–१ झरहीखोला नजिकै रमपुरवास्थित भित्री सडकखण्डमा बस सडकबाट १० मिटर तल खस्दा ६० जनामध्ये ४५ जना भारतीय तीर्थालुहरू घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार घाइतेहरूको जिल्ला अस्पताल परासी पठाइएको छ ।घाइतेहरूमध्ये एक जनाको अवस्था गम्भीर रहेको र अन्य घाइतेहरूको अवस्था सामान्य रहेको बताईएको छ । बसका चालकसमेत घाइते भई उपचाररत रहेका र घटनाको अनुसन्धान सुरु भएको छ ।