काठमाडौं । काठमाडौंको कोटेश्वरमा निसासिएर चार जना गम्भीर बिरामी भएका छन् ।काठमाडौं–३२ कोटेश्वरको सहयोगीनगरमा कोइला बालेर आगो ताप्ने क्रममा उनीहरु गम्भिर भएका हुन् ।
Advertisement
शुक्रबार राति ८ बजेतिर कुमार खत्रीको घरको पाँचौ तल्लाको कोठामा झ्याल ढोका बन्द गरी कोइला बालेर आगो ताप्दा श्वासप्रश्वासमा समस्या भई निसासिएको प्रहरीले जनाएको छ ।
बिरामी ९० वर्षीया छलमाया खत्री, ७० वर्षीया सिलमाया कटुवाल, २४ वर्षीया प्रमिला खत्री र उनको ३५ दिनको छोरा श्रीयाल खड्का रहेका छन् ।घटना भएको थाहा हुनेबित्तिकै प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले उद्धार गरि उनीहरूलाई सिभिल अस्पताल पु¥याएको थियो ।
अहिले तीन जनाको सिभिल अस्पतालकै आईसीयू कक्षमा उपचार भइरहेको छ भने छलमायालाई छाउनीस्थित नेपाली सेनाको अस्पतालमा रिफर गरिएको छ ।