चितवन। चितवनका प्रमुख जिल्ला अधिकारी सिडियो आस्मान तामाङ गृह मन्त्रालयमा तानिएका छन् । मन्त्रीस्तरिय निर्णय अनुसार चितवनमा सुरेन्द्र पौडेललाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । गृहमन्त्रालयमा रहेका उनी काज सरुवा भएका हुन् ।
त्यस्तै सरकारले एकै पटक ४२ जना प्रमुख जिल्ला अधिकारी र ७ जना सहायक प्रमुख जिल्ला अधिकारीसहित ७० जना सहसचिव र उपसचिवको सरुवा गरेको छ ।सरुवा हुनेमा सिडिओ, सहायक सिडिओका साथै जेलर, निर्देशकसम्म रहेका छन् ।भक्तपुरको सिडिओमा सुर्खेतका खगेन्द्रप्रसाद रिजाललाई सरूवा गरिएको छ भने भक्तपुरकी रूद्रादेवी शर्मालाई गृहमन्त्रालय सिंहदरबारमा तानिएको छ ।
जनघनत्व धेरै भएका जिल्लाहरू झापामा शिवराम पोखरेललाई पठाइएको छ भने दाङमा सुशील वैद्य तथा सुनसरीमा काभ्रेकी हुमकला पाण्डेलाई जिम्मेवारी दिइएको छ ।मोरङको प्रमुख जिल्ला अधिकारीमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग सिंहदरबारका महानिर्देशक तीर्थराज भट्टराईलाई पठाइएको छ ।मोरङका सिडिओ काशीराम दाहाललाई धनुषा धनुषा पठाइएको छ ।