काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम उपसभामुख हुने निश्चित जस्तै भएको छ । आगामी माघ ७ गते प्रतिनिधिसभाको उपसभामुखका लागि चुनाव हुनेछ । यसअघि सत्तागठबन्धनबाट एमालेका देवराज घिमिरे सभामुख निवाचित भए ।
उपसभामुख रास्वपालाई दिने सत्ता गठबन्धनमा सहमति छ । यसै विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमको छलफल भएको छ ।
भोलि हुने उपसभामुखको उम्मेदवारी दर्ताको विषयमा प्रचण्ड र ओलीसँग गौतमको छलफल भएको हो ।छलफलमा ओलीले गौतमलाई भोलिको लागि तयार रहन भनेका थिए ।
यद्यपी, रास्वपाले उपसभामुख पाएपछि औपचारिक रुपमा उम्मेदवार टुंग्याएको छैन । उपसभामुखको उम्मेदवार छान्न भोलि बिहान संसदीय दलको बैठक बोलाएको छ ।तर, प्रधानमन्त्री प्रचण्ड र ओलीसँग भेटेपछि उपसभामुखमा गौतम पक्का भएको हो ।