काठमाडौँ । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले प्रतिनिधिसभा विघाटनलाई प्रतिगामी नमान्नेहरुबाट सबै झस्किएको आरोप लगाएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै उनले एमाले अध्यक्षको ओलीको व्यवबहार झस्किएको बताए ।
Advertisement
उनले संघीयतामा खतरा आइरहेको महसुस भएको तर्क गरे । उनले न्यायपालिकालाई नै निर्देशन दिने प्रणालीबाट सबै जनता झस्किएको जीकिर गरे । उनले विपक्षीले प्रधानमन्त्रीलाई विश्वासको मत दिदा सत्तारुढ दल चिन्तित हुनुपर्ने कारण नरहेको बताए ।
उनले प्रतिस्पर्धालाई प्रतिशोषको भावनाले हेर्न नहुने बताए । देशमा राजनीतिक स्थिरता चाहेको बताए ।