काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् । सभामुख चयन प्रक्रिया अगाडी बढिरहेका बेला पौडेलले प्रचण्डलाई भेट गरेका छन् ।
Advertisement
उनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेरै छलफल गरेका हुन् । दुई जनाबीच आधा घण्टा बढी छलफल भएको जनाइएको छ । पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीका अनुसार तनहुँका ठूला विकास आयोजनाका बारेमा पौडेलले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
बिपी कोइराला हस्पिटल, तल्लो जलविद्युत् आयोजना, लगायत अरु विकास आयोजनाबारे प्रधानमन्त्रीसँग कुरा गरेको उनले बताए । कांग्रेसका तर्फबाट पौडेल राष्ट्रपति बन्न खोजिरहेका छन् । तर, प्रधानमन्त्रीसँग राजनीतिबारे कुनै छलफल नभएको स्रोतले जनाएको छ ।